
२५ बैशाख २०७६, काठमाडौं
अभिनेता निरज बराल लामो समयपछि दर्शकमाझ फर्किएका छन् ।
गायिका सोना अमात्यको नयाँ गीत ‘डाली चरी ..’ को म्यूजिक भिडियो मार्फत उनी दर्शकमाझ आएका हुन् ।
नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायिका सोनाले आफ्नै शास्त्रीय संगीतका गुरु शशिविक्रम थापाका शब्द र संगीतमा गीत ल्याएकी हुन् ।
सुगम संगीतमा आधारित उक्त म्यूजिक भिडियोमा अभिनेता बराल र गायिका अमात्य स्वयम्काे अभिनय रहेको छ ।
गीतको भिडियोलाई फिल्म ‘फिल्म मेसिन’ का निर्देशक अगवालले निर्देशन गरेका हुन् ।
गायिका अमात्यले यसअघि आधा दर्शनभन्दा बढी गीत तथा म्यूजिक भिडियो बजारमा ल्याइसकेकी छिन् ।
भिडियो हेनुहोस्





