नायिका सुहाना थापाको आज जन्मदिन : जान्नुहोस् कति वर्ष पुगिन् उनी



२५ बैशाख २०७६, काठमाडौं

नयाँ वर्ष २०७६ को छेकोमा रिलिज गरिएका चलचित्र ‘ए मेरो हजुर ३’ बाट नेपाली रजपटमा भित्रिएकी नायिका सुहाना थापा आजबाट २० वर्षमा लागेकी छिन् ।

२०५६ वैशाख २५ गते जन्मिएकी नायिका थापालाई उनकी आमा नायिका तथा निर्देशक झरना थापाले समाजिक संजाल फेसबुकमा शुभकामना दिएकी छिन् । उनले गुडियारानी भन्दै छोरी सुहानालाई जन्मदिनको शुभकामना दिएकी हुन् ।

कुनै समय अघिसम्म नेपाली चलचित्र क्षेत्रमा निकै नै व्यस्त तथा चल्तीकी नायिका झरना थापाको छोरीको रुपमा परिचित सुहानाले अहिले आफ्नै नामले चिनिन थालेकी छिन् । भर्खरै रिलिज भएको चलचित्र ‘ए मेरो हजुर ३’ बाट उनले राम्रै दर्शक तथा प्रशंसकहरुको साथ पाएकी छिन् ।

हालै काठमाडौंमा सम्पन्न ११ औं डि सिने अवार्डमा समेत नव नायिकाको अवार्ड हात पर्न सफल भएकी नायिका सुहाना थापालाई नेपाली चलचित्र क्षेत्रमा उदाउँदो नायिकाको रुपमा हेर्न थालिएको छ ।

अमेरिकामा अध्ययनरत छोरी सुहानालाई झरना थापाले आफ्नै निर्देशनमा तयार भैरहेको चलचित्र ‘ए मेरो हजुर ३’बाट डेब्यू गराएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्