
२५ बैशाख २०७६, काठमाडौं
नेपाली चलचित्र ‘प्रेमगीत– ३’ ले नयाँ नायिकाको खोजी गरेको छ । निर्माता सन्तोष सेनद्धारा निमार्ण हुन् लागेको यस चलचित्रले प्रेमगीत–२’, को भन्दा नयाँ अनुहार खाजेको हो ।
‘प्रेमगीत’ र ‘‘प्रेमगीत’ २ मा क्रमशः अभिनेत्री पुजा शर्मा र अश्लेषा ठकुरीको अभिनय रहेको थियो । तर, निर्माता सेनले ‘प्रेम गीत–३’ मा भने उनीहरुलाई नदोहोर्याइ नयाँ अनुहारको खोजी गरिरहेका छन् ।
२०७६ को अन्तिम साता अर्थात् चैत्र २८ का लागि प्रदर्शन मिति तय गरेको फिल्मले मुख्य अभिनेत्रीका लागि खुल्ला अडिसन आह्वान गरेको छ । जसमा इच्छुकहरुले संसारभरबाट अडिसन दिनसक्ने व्यवस्था मिलाइएको निर्माता सेनले बताएका छन् ।
निर्माता सेन स्वयम् र छेतेन गुरुङको संयुक्त निर्देशन रहने फिल्ममा मुख्य अभिनेत्री बन्न चाहनेले ‘आसुसेन फिल्मस्’ को अफिसियल वेब साइटमा गएर फारम भर्न सक्नेछन् । यससँगै आसुसेन फिल्मस्को इमेल ठेगानामा पनि इच्छुकले आवेदन दिन सक्नेछन् ।
आवेदनपछि २० जना फाइनल अडिसनका लागि छानिने र एक विशेष कार्यक्रमकासाथ छानिएका मध्येबाट १ जना छनोट गरिने निर्माता सेनले बताएका छन् ।





