सरकारले भारतको कोकन रेल्वे कर्पोरेसनसँग रेल खरिद प्रक्रिया अघि बढायो



२५ बैशाख २०७६, काठमाडौं

सरकारले भारतको कोकन रेल्वे कर्पोरेसनसँग रेल खरिद प्रक्रिया अघि बढएको छ । जनकपुर–जयनगर रेल सञ्चालन गर्न नयाँ रेल खरिद प्रक्रियाको स्वीकृति प्राप्त भउको करिब दुई महिनापछि रेल विभागले सम्झौता गर्न लागको हो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा निर्दोष घोरासाइनेले लेखेका छन् ।

मन्त्रिपरिषद्ले चैतमा कोकन रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाख रुपैयाँमा दुईवटा रेल खरिद गर्न विभागलाई सैद्धान्तिक सहमति प्रदान गरेको थियो । विभागका महानिर्देशक बलराम मिश्राले एक साताभित्र रेल खरिद सम्झौता हुने अन्नपूर्णलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्