
२४ बैशाख २०७६, काठमाडौं
नेपालमा बनेको पहिलो नेपाली फिल्म ‘आमा’ नाम सापटी लिएर तेस्रो पटक फिल्म निमार्ण हुने भएको छ ।
तेस्रो पटक ‘पशुपति प्रसाद’ फेम्ड निर्देशक दीपेन्द्र के. खनालले ‘आमा फिल्म ’ बनाउन लागेका हुन् ।
यो नाममा हीरासिंह खत्रीले विं.स २०२० मा फिल्म बनाएका थिए । यसपछि २०५१ सालमा रेसम आचार्यले पनि आमा नामक फिल्म बनाएका थिए ।
यस फिल्मको मंगलबार राजधानीमा एक कार्यक्रमका बीच औपचारिक निमार्णको घोषणा गरिएको छ ।
फिल्म छायांकन निर्देशक खनाल आफै्ले गर्ने छन् । कथा पनि उनकै रहने छ ।
चलचित्र ‘आमा’ ले एक आमा र एक छोरीको कथा वाचन गर्ने बताइएको छ ।
फिल्मलाई सर्मिला पाण्डेले निमार्ण गर्नेछिन् । काठमाडौं र रामेछापमा छायांकन हुने फिल्मको सह–निर्माता सन्तोपष अधिकारीले बताएका छन् ।
फिल्मको मुख्य भूमिकामा सूर्यमाला खनाल रहनेछिन् । ‘आमा’ मा छोरीको रुपमा सुरक्षा पन्त अनुबन्ध भएकी छिन् । भूपेन्द्र खनालले गीत लेखेका छन् ।
देशभक्त खनाल, सरित गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढाको पनि अभिनय रहेको छ ।
फिल्मको छायांकन असारको दास्रो हप्ताबाट हुदैँछ । प्रदर्शन मिति आगामी फागुन ९ गतेलाई तय गरिएको छ ।





