
२४ बैशाख २०७६, काठमाडौं
अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुन स्टारर चलचित्र ‘दयारानी’ को रिलिज मिति सरेको छ ।
जेठ १० गतेबाट सरेर, यो चलचित्र साउन ३० मा रिलिज हुन् लागेको हो । साउन– ३० गते बक्स अफिसमा यो फिल्मको भिडन्त विकासराज आचार्य निर्देशित ‘हजार जुनीसम्म’ सँग हुनेछ’ ।
चलचित्रको रिलिज मिति सर्नुको कारण एक हप्ता अगाडि रिलिज भएको चलचित्र ‘जात्रै जात्रा’ भएको बताइएको छ ।
यो चलचित्रमा पनि अभिनेता दयाहाङ राई नै मुख्य भूमिकामा छन् ।
एक हप्ताको अन्तरमा दयाहाङ अभिनित दुई चलचित्र रिलिज हुने भएकोले ‘दयारानी’ को रिलिज मिति सारिएको निर्देशक माओत्से गुरुङले बताएका छन् ।
‘दयारानी’ चलचित्रले एक खराब श्रीमान र एक असल श्रीमतीको कथा वाचन गरेको बताइएको छ ।
सिनेमा आर्टस्को ब्यानरमा बनेको फिल्मको कथा निर्देशक गुरुङ आफै्ले लेखेका छन् ।
चलचित्रमा दया र दीयाका साथै विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घलेलगायतका कलाकारहरुको अभिनय रहेको छ ।





