
२४ बैशाख २०७६, काठमाडौं
अभिनेता पल शाहले ‘दाल भात तरकारी’ हेरेर आँचल शर्माको खुलेर प्रशंसा गरेका छन् । सोमबार कुमारी हल पुगेर फिल्म हेरेका पलले आँचलको अभिनयमा परिपक्वता आएको बताएका छन् ।
उनले भने ‘ रोल सानो भएपनि आँचलको काम राम्रो छ ’। उसको अभिनय लेभल राम्रो छ । न लाइड छ , न डाउन छ । उनको अभिनयमा आएको निखारता देखेर खुसी लाग्यो’, उनले भने ।
सिल्भर स्क्रिनमा निकै रुचाइएको जोडी हो अभिनेता पल शाह र अभिनेत्री आँचल शर्मा । ‘नाइँ नभन्नू ल ४’ बाट एकसाथ फिल्म करिअर सुरु गरेका उनीहरुले ‘जोनी जेन्टलम्यान’ र ‘शत्रु गते’ फिल्ममा पनि सहकार्य गरेका छन् ।
म्यूजिक भिडियो त सय भन्दा बढी नै गरिसकेका छन् । केही वर्षयता उनीहरु प्रेममा रहेको चर्चाले पनि मिडियामा विशेष स्थान पाँउदै आएको छ ।
पल र आँचलले भने आफूहरु आँखामा राख्दा पनि नविझाउने साथी रहेको बताउँदै आएका छन् । सँगै काम गर्दै आएका पल र आँचल अहिले भिन्न– भिन्न प्रोजेक्टमा आवद्ध छन् ।





