दीपिका, दीवाकर र रेनशा, प्रज्वलको जोडी आज विवाह बन्धनमा बाँधिदै



२४ बैशाख २०७६, काठमाडौं

केही समय अगाडि कोट म्यारिज गरेर एकसाथ रहँदै आएका निर्देशक दिवाकर भट्टराई र नायिका दीपिका प्रसाइले आज विवाह गर्दै छन् ।

दिपिका र दिवाकरले यसअघि नै २४ गते विहे गर्ने जानकारी दिदै आएका थिए । उनीहरुले केही समय प्रेममा रहेर केही समय अगाडि मात्र कोट म्यारिज गरेका थिए ।

दिवाकरले नै निर्देशन गरेको चलचित्र ‘ऐश्वर्य’ मा काम गरेपछि उनीहरुको प्रेम रहेको चर्चा चलेको थियो ।

यस्तै, आज नै काठमाडौंको एक पार्टी प्यालेसमा कोरियोग्राफर तथा निर्देशक रेनशा वान्तवा राई र निर्माता प्रज्वल जबराले पनि बिहे गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्