छविले शिल्पाका लागि फेसबुकमा लेखे यस्तो स्टाटस



२४ बैशाख २०७६, काठमाडौं

चलचित्र निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलको वैवाहिक सम्बन्धको बारेमा चलचित्र क्षेत्रमा आम मानिस जानकार छन् ।

छवि र शिल्पाले बिहेको गरेको केही वर्ष भएको र उनीहरुसँगै बस्दै आइरहेको कुरा लामो समयदेखि चर्चामा आइरहेको छ । तर, अझै पनि यी दुइले बिहेको कुरा गोप्य नै राखेका छन् ।

निर्माता छविराज ओझाले फेसबुकमा राखेको स्टाटसले भने उनीहरुले नँया जीवन सुरुवात गरेको बुझन् सकिन्छ ।

छविले स्टाटसमा लेखेका छन् –‘ मेरो जीवनको सुरुवात तिमीसँगै हुन्छ र म चाहन्छु यसको अन्त्य पनि तिमीसँगै होस्’ । यदि, कोही यो कुरामा केही भन्न चाहन्छ भने म त्यो सुन्ने पक्षमा छैन ।

प्रतिक्रिया दिनुहोस्