‘ए मेरो हजुर –३’ ले ५१ दिन मनाउनेमा निमार्ण टिम विश्वस्त



२३ बैशाख २०७६, काठमाडौं

गत वर्षको अन्तिम फिल्म ‘ए मेरो हजुर–३’ अहिले चौथौ हप्तामा प्रर्दशनरत छ ।

गत वर्ष रिलिज भएको ‘छक्का पञ्जा–३’ पछि खडेरी लागेको नेपाली फिल्मको व्यापारलाई चलायमान बनाएको, यो फिल्मले पहिलो र दोस्रो हप्ता बक्सअफिसमा राम्रो व्यापार गर्याे ।

फिल्मले पहिलो हप्ता नै चार करोड कमाएको थियो । अहिलेसम्म फिल्मले ९ करोड कमाएको हुनसक्ने आँकडा फिल्म विश्लेषकहरुले गरेका छन् ।

यस फिल्मको दबादब हलिउडको ठूलो फिल्म : इन गेमले तोडेको थियो ।  तर तेस्रो साताबाट हलिउडको फिल्म ‘एभेन्जर्स’ मा दर्शकको खडेरी लागेको छ ।  चौथो हप्ता शुक्रबार फ्रेस नेपाली फिल्म ‘दाल भात तरकारी’ का कारण दुई सोज घटेको थियो ।

‘दाल भात तरकारी’ को माउथ पब्लिसिटी पनि कमजोर हुदाँ ‘ए मेरो हजुर– ३ ’ लाई लोट्री लागेको छ ।
निमार्ण टिम फिल्मले केही हलमा ५१ दिन मनाउनेमा विश्वस्त छन् ।  समीक्षकबाट खासै राम्रो प्रतिक्रिया पाउन नसकेको चलचित्रलाई दर्शकले भने रुचाएका छन् ।

झरना थापा निर्देशित फिल्ममा केन्द्रीय भूमिकामा अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा छन् ।
यो फिल्मले अनमोलको फिल्म करियरमा एउटा ईटट थपेको छ ।  अनमोलको कुनैपनि फिल्मले अहिलेसम्म बक्सअफिसमा ८ करोडमाथिको व्यापार गरेको छैन।

झरना पुत्री सुहानालाई पनि यस फिल्मबाट सम्भावना बोकेकी नायिकाको रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्