
२३ बैशाख २०७६, काठमाडौं
करिब ७ वर्ष लामो प्रेम सम्बन्धमा रहेर गत फागुनमा मात्र विबाह वन्धनमा बाँधिएका अभिनेता संजोग कोइराला र अभिनेती वर्षा राउत आइतबार २ हप्ता लामो हनिमुन ट्रिप सकेर स्वदेश फर्किएका छन् ।
हनिमुन ट्रिप सकेर फर्किएका उनीहरुलाई त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीले प्रश्न गरेका छन् – ‘अब दुईबाट तीन कहिले हुने ?’ बर्षाले जवाफ दिन मानिन् ।
आफू अभिनित फिल्म ‘जात्रै जात्रा’ जेठ ३ मा रिलिज हुँदैछ भनेर कुरा मोड्न खोजिन् ।
संजोगले भने तत्काललाई फेमिली प्लानिङ नभएको स्पष्ट पारे । उनले भने ‘अहिले हामी दुबै काममा व्यस्त छौँ’। अहिले हामी फेमिली प्लानिङमा समय दिन सक्दैनौँ ।
वर्षाले भने आफूले नेपाली फिल्मलाई आमा मान्ने बताइन् । तत्काल फेमिली प्लानिङ नभएको उनको पनि भनाई छ ।





