
२३ बैशाख २०७६, काठमाडौं
गायिका मेलिना राई र विश्व नेपालीको युगल स्वरमा रहेको गीत ‘ बैशाख नि बित्यो असार नि बित्यो सार्वजनिक भएको छ ।
मिलन रेग्मीको शब्द र उमेश रेग्मी र फणिन्द्र राईको संगीत संयोजन रहेको गीतमा विश्व प्रकाश दाहालको सम्पादन रहेको छ ।
कुनै बेलाका चर्चित नायक दिलिप रायमाझीको अभिनय देख्न सकिन्छ । उनलाई जुना सुन्दासले साथ दिएकी छिन् ।
भिडियोलाई गोत्र इन्टरटेन्टमेन्टको युटुय्ब च्यानलबाट मार्फत सार्वजनिक गरिएको हो ।
भिडियोको निर्देशन युवराज वाइबाले गरेका छन् ।
भिडियो हेनुहोस्





