‘भूइफूल’ घोषणा कार्यक्रममा प्रमुख अतिथि करिश्मा



बैशाख २०७६, काठमाडौं

भुमेथान फिल्म प्रोडक्सन प्रालीको ब्यानरमा बन्न लागेको नयाँ चलचित्र ‘भूइफूल’ को घोषणा गरिएको छ ।

कार्यक्रममा नायिका करिश्मा मान्धर प्रमुख अथितिको रुपमा पुगेकी थिइन् ।

करिश्माले एक्सन–कट भनेको शुभसाइत समारोहमा नृत्य निर्देशक गोबिन्द राईले क्याल्प हानेका थिए भने पत्रकार महासंघका अध्यक्ष सन्दिप सापकोटाले नरिवल फुटाएका थिए ।

चलचित्रका मुख्य कलाकार गोबिन्द प्रभात , दिपेन्द्र सिंह दर्नाल, तुलसा थापालगायतले चलचित्र भित्र रहने संवाद बोलेका थिए ।

नेत्र सत्यालको लेखक निर्देशनमा बन्न लागेको चलचित्रकी प्रस्तुतकर्ता सरिता राई हुन् । चलचित्रमा उर्मिला वान्तवा राईको लगानी छ ।

द्धन्द्ध कालमा विस्थापित भएर मधेशमा बसोबास गर्न पुगेका बिभिन्न समुदायमा हुने उचारचढाव तथा राज्यले गरेको विभेदको विषय चलचित्रले उठान गर्नेछ ।

चलचित्रको छायांकन बैशाख २५ गतेबाट सुरु हुनेछ । चलचित्र पूर्वका विभिन्न ठाँउमा खिचिनेछ ।

चलचित्रमा रामेश्वर हुमागाँइको छायांकन , गोविन्द प्रभातको नृत्य निर्देशन, रमेश खड्काको संगीत, गणेश सुवेदीको गीत रहनेछ ।

प्रतिक्रिया दिनुहोस्