चोरीको तेल समातिएपछि वीरगन्जका पम्पले आयल निगममा पेट्रोलको माग बढाए



२२ बैशाख २०७६, काठमाडौं

भारतीय आयल कर्पोरेसन (आइओसी) को रक्सौल डिपोबाट आएको ट्याकंरको तेल चोरी गर्दै गरेको अवस्थामा पक्राउ परेपछि वीरगन्जका पम्पमा असर देखिएको छ । स्रोतका अनुसार ट्यांकरबाट चोरी गरिएको तेल वीरगन्जका पम्पमा असर देखिएको छ । पो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

स्रोतका अनुसार ट्यांकरबाट चोरी गरिएको तेल वीरगन्जका पम्पले सस्तोमा किनेर निगमले तोकेको मूल्यमा बिक्री गरी अतिरिक्त नाफा कमाउँदै आएका थिए ।

चोरीको तेल स्थानीय केही पम्पले किन्न नपाएपछि बजार मागअनुसार आपूर्ति व्यवसायीले निगमको वीरगन्ज कार्यालयमा तेलको माग बढाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्