
२१ बैशाख २०७६, काठमाडौं
फेसबुक वालमा ‘नेपाली गीतसंगीतलाई मनैदेखी माया गर्ने एउटा मनुवा’ भनेर आफूलाई चिनाउन चाहने नारायण थापाको ‘लेख्या माया पाईएन’ गीतको भिडियो सार्वजनिक भएको छ ।
बसन्त सापकोटाको संगीत रहेको गीतमा शब्द राजेन्द्र थापा तथा स्वर नारायण थापाको रहेको छ ।
सार्वजनिक भिडियोमा अञ्जली अधिकारी, कमल सिं र एञ्जिला कार्कीको अभिनय रहेको छ । भिडियोको निर्देशन प्रकाश धितालले गरेका हुन् भने बजार व्यवस्थापन आभुषण ईन्टरटेनमेन्टले गरेको हो ।





