
२० बैशाख २०७६, काठमाडौं
संयोगबस नेपाल आइडल सिजन २ ले जुराएको जोडी कृशल कडेल र मिनराज पौडेलको सुमधुर स्वरमा सजिएको गीत “बरिलै” को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
घनिष्ठ र सुमुधुर सम्बन्ध भएका यी जोडीमध्ये नेपाल आइडल २ मा मिनराजले पहिलो गोल्डन माइक जितेर चितवनको अडिसनबाट सोझै गाला राउन्ड प्रवेश पाएका थिए भने कृशल आफ्नो लुक्स र परिपक्व गायकीका कारण दर्शक तथा स्रोताहरुको मन जित्न सफल भएका थिए ।
लोक फ्युजन शैलीको गीतमा संगीत नृपेश उप्रेतीको रहेको छ भने संगीत संयोजन युवा संगीतकार एबम गायक पुरुषोत्तम सुवेदीले गरेका हुन् ।
मोडल करिष्मा ढकालको साथमा गायकद्वय कृशल र मिनराजले अभिनय गरेका छन् भने भिडियोको निर्देशन प्रबिन थापाले गरेका हुन् ।





