पलसँगको ब्रेकअपपछी पुष्पलको अङ्गालोमा आँचल (भिडियो सहित)



१९ बैशाख २०७६, काठमाडौं

नेपाली चलचित्र क्षेत्रमा आँप जोडीका नामले चर्चित नायक पल शाह र नायिका आँचल शर्माको जोडीलाई आम दर्शकहरुले निकै नै रुचाएका छन् । चलचित्र नाइँ नभन्नु ल ४ मा यो जोडीलाई एकसाथ देखेपछि दर्शकहरुले निकै नै मन पराएका थिए ।

नाई नभन्नु ल को अरु सिरिज जस्तै यो सिरिज पनि हिट भएपछि यो जोडीको प्रेम चर्चा पनि शुरु भएको थियो । सार्वजनिक रुपमा यो जोडीले अहिलेसम्म प्रेम नस्वीकारे पनि आफूहरु एकदमै मिल्ने साथी भएको बताउँदै आएका छन् ।  तर अहिले सामाजिक संजाल तथा मिडियाहरुमा पल र आंचल टाढा भएको खबरहरु आइरहेको छ ! पल र आचल संगै चलचित्र मा काम नगर्नाले पनि यो कुरालाई अझै थप मसला जस्तै भएको छ !

यही बैशाख २० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘दाल भात तरकारी’को प्रमोशनमा व्यस्त रहेकी नायिका शर्माले प्रेम सम्बन्ध नखुलाए पनि र ब्रेकअप बारे यसो भन्छिन्, ‘हाम्रो सम्बन्ध प्रेम र ब्रेकअप भन्दा धेरै माथि छ । यो विश्वासिलो छ र शुद्ध पनि छ । कोही आएपनि हाम्रो जोडीमा कुनै आँच पुर्याउन सक्दैन । यसको मतलब यो होइन कि, हामी टाढा छौं । हामी त कहिले एक अर्कासँग चलचित्र खेल्न पाउँछौ भनेर बसिरहेका छौ । तर, टिम र समय नमिलेको कारणले यो संभव भईरहेको छैन ।’

प्रतिक्रिया दिनुहोस्