कर्मठ शिक्षक सुदर्शन थापा शिक्षक देखि शिक्षासेवीसम्म



१९ बैशाख २०७६, काठमाडौं

एक सङ्घर्षशील शिक्षक तथा सिक्षासेवी सुदर्शन थापा नव सुन्ताखान एकेडेमीका प्रिन्सिपल हुन् । सानैदेखि पढाईमा रुचि राख्ने उनको लगाव गणितमा थियो । उनले पढाउन सुरु गर्दा तलव एक हजार थियो भने आज उनी आफ्ना साथीसँग मिलेर संचालन गरेको विद्यालयमा प्रिन्सिपलको रुपमा कार्यरत छन । उनका विद्यार्थीहरु उनलाई गर्वले सम्झिन्छन् भने बिदेश पढ्न या काम गर्न जाने विद्यार्थीहरु प्राय उनलाई भेटेर नै जान्छन किनकी उनी एउटा शिक्षक मात्र नभई प्रेरणाका स्रोत पनि हुन् ।

बाल्यकाल
शिक्षा सेवी तथा नव सुन्ताखान एकेडेमीका प्रिन्सीपल सुदर्शन थापा बाल्यकालदेखि नै मिहिनेती स्वभावका थिए । उनको जन्म २०३२ साल असार २२ गते पिता चन्द्र बहादुर थापा र माता गिता थापाको कोखबाट काठमाडौं जिल्ला तत्कालीन आलापोट गाबिसमा भएको हो । जेठो सन्तानको रुपमा जन्मिएका उनको बाल्यकाल कठिन तरिकाले बित्यो किनकी उनका पिता प्रहरी सेवामा भएको र नोकरीमा काठमाडौं उपत्यका भन्दा बाहिर रहने भएका हुनाले उनलाई आमाले हुर्काइन् । आमा खेतिपातीमा काम गर्न जादा उनी सधैं आमालाई घरको काम गरेर सघाउँथे भने मिलनसार स्वभावका उनी पढ्न तेज भएकाले आफूसँगै पढ्ने साथीलाई गणित सिकाउँथे । ९/१० कक्षामा पढ्दापढ्दै उनले आफूसँगै पढ्ने धेरै साथीहरुलाई पढ्न सहयोग गरिरहेका हुन्थे । शिक्षालाई धेरै माया गर्ने उनी अन्तत शिक्षक नै बने जसरी बिहानीले दिनलाई संकेत गर्छ भने झैं ।

अध्ययन
थापाको अध्ययनको सुरुवात आदर्श माबी भद्रबासबाट भएको हो । उक्त स्कूलबाट उनले एसएलसी सम्मको पढाइ पूरा गरे भने एसएलसीपछि उनी त्रीचन्द्रमा भर्ना भए र  आइएसी सम्मको अध्ययन गरे ।  बिएस्सी सम्मको अध्ययन पाटन संयुक्त क्याम्पसबाट बिएस्सी गरे ।

शिक्षण यात्रा
बाल्यकाल देखि नै पढ्न तथा पढाउन अत्यन्तै रुचि राख्ने थापा अन्तत शिक्षक  र शिक्षा सेवी नै बने । अनौपचारिक रुपमा नै उनको शिक्षण यात्रा कक्षा ९/१० देखि नै भएको हो ।

उनका साथीहरुलाई उनी खाली समयमा आफूले जानेको कुरा सिकाउने गर्थे भने  गणितमा उनी अब्बल भएका कारण उनका साथीहरु गणित सिक्न आउँथे । उनी अरुलाई सिकाउन पाउँदा अत्यन्तै खुशी मान्थे । २०५० सालदेखि उनले पढाउन सुरु गरेका थिए । त्यसबेला उनको तलब एक हजार थियो । २०६० सालबाट उनी नव सुन्ताखान एकेडेमीका प्रिन्सिपलको रुपमा कार्यरत छन् । उनले पढाएका विद्यार्थीहरु आज विश्व बजारमा उत्कृष्ट सेवा गरिरहेका छन् । आफ्ना विद्यार्थीको प्रगति नै उनका लागि जीवनको सबैभन्दा ठूलो उपलब्धि हो । एउटा अभिभावक आफ्ना सन्तानको प्रगतिमा जति खुशी हुन्छ त्यतिकै खुशी हुन्छन् उनी । पारिवारिक वातावरण सिर्जना गरि पढाउनु उनको विशेषता हो । जसले गर्दा उनका विद्यार्थी उनलाई सम्मानपूर्वक सम्झिन्छन् । संस्कारयुक्त शिक्षामा जोड दिन्छन् उनी । उनले आफ्ना विद्यार्थीलाई संस्कृतको श्लोकहरु सिकाउँछन् र संस्कारी बन्न प्ररित गर्छन् ।

अंग्रेजी शिक्षालाई नेपाली समाजको बिशेषता अनुरुप पढाउनुपर्ने मान्यता राख्छन् उनी । उनी भन्छन्, ‘अनुसार नेपाली संस्कृतीका मौलिक मूल्यमान्यताहरुलाई स्कूलमा पढाउन जरुरी छ ।’

प्रतिक्रिया दिनुहोस्