
१९ बैशाख २०७६, काठमाडौं
केही समय अगाडि नेपालमा छायांकन गरिएको चलचित्र ‘इन्डियाज मस्ट वान्टेड’को ट्रेलर सार्वजनिक भएको छ ।
वास्तविक घटनाबाट प्रभावित भनिएको यो चलचित्रले भारतका ५ जना नपत्याएका हिरोहरुले गरेको एउटा घटनाको अप्रेशनलाई उठान गरेको छ ।
यो चलचित्रको अधिकांश दृश्य नेपालमा खिचिएको छ । मुम्बइमा बम हमला गरेर नेपाल छिरेका एक आतंककारीलाई पछ्याएका ५ हिरोको कथा यो चलचित्रमा प्रस्तुत गरिएको छ । नेपालका विभिन्न स्थान चलचित्रमा देख्न सकिन्छ ।
चलचित्रमा अर्जुन कपुर, राजेश शर्मा, प्रशान्त, गौरभ मिश्र, आशिफ खान लगायतलाई देख्न सकिन्छ ।कलाकार राजकुमार गुप्ताको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्र मे २४ मा रिलिज हुँदैछ ।
भिडियो हेर्नुहोस् ।





