
१९ बैशाख २०७६, काठमाडौं
बलिउड क्षेत्रका दुई चर्चित अभिनेताका चलचित्र एकैसाथ रिलिज हुने भएको छ ।
सलमान खान अभिनित ‘इन्शाअल्ला’ र अक्षय कुमार अभिनित ‘सूर्यवंशी’ एकैसाथ रिलिज हुन लागेका हुन् ।
यी दुबै चलचित्रले सन् २०२० को इदलाई आफ्नो रिलिज रिलिज मिती तय गरेका छन् ।
केही वर्षदेखि सलमानले निरन्तर रुपमा इदमा नयाँ चलचित्र रिलिज गर्दै आइरहेका छन् । तर, सन् २०२० मा सलमानले नयाँ चलचित्र घोषणा गर्न नभ्याउँदै अक्षयले ‘सुर्यवंशी’को रिलिज मिती पक्का गरिदिएका थिए ।
यसै बिषयमा कुरा गर्न सलमानले अक्षय कुमारलाई फोन गरेका छन् । सलमानले अक्षयलाई फोन गरेर कुनै पनि हालतमा दुई चलचित्र एक साथ रिलिज हुन नदिने बोलेका छन् । बलिउड मिडियाका अनुसार सलमान पनि दुई चलचित्र एकसाथ रिलिज नगर्ने पक्षमा छन् ।





