
१९ बैशाख २०७६, काठमाडौं
थाईल्याण्डमा लोकप्रिय मानिदै आएका ६६ वर्षीय राजा महा वजिरालंगकर्नले बुधबार आफ्नै सुरक्षामा खटिएकी महिलासँग विवाह गरेका छन् ।
आउँदो शनिवार हुन गईरहेको राज्यभिषेकको समारोहलाई लक्षित गरी राजाले विवाह गरेको विश्वास गरिएको छ । तर बधुबार भएको विवाह समारोहबाट सबैजना अचम्ममा परेका छन् । विवाह समारोहको दृश्य थाई टेलिभिजनबाट बेलुकामात्रै देखाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेको छ ।
विवाह पश्चात राजाको सुरक्षामा खटिदै आएकी ती महिलालाई रानी सुथिडा नाम दिइएको छ ।





