नेपालमा पहिलो पटक मानिसमा बर्ड फ्लु देखियो, एकको मृत्यु



१९ बैशाख २०७६, काठमाडौं

नेपालमा पहिलो पटक मानिसमा बर्ड फ्लु देखिएको छ । फ्लुका कारण एक जनाको ज्यानसमेत गएको छ ।

फ्लु (एच फाईभ एन वान)का कारण काभ्रेमा २१ वर्षीय एक यूवकले ज्यान गुमाएका छन् ।

स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले यो अप्रत्यासित घटना भएको बताएकी छिन् ।

मृत्यु हुने यूवक गत चैत्र १० गते ज्वरो र खोकीको लक्षण लिएर अस्पताल पुगेका थिए ।

उनलाई गत ११ चैत्रमा नै इन्फ्लुएन्जाको औषधि दिइएको थियो । तर, स्वासप्रस्वासमा समस्या भई गत १५ चैत्रमा उनको मृत्यु भएको थियो ।

त्यसपछि नमुना परीक्षणका लागि जापान पठाइएको थियो । उक्त नमुनाको नतिजा बैशाख १७ गते नेपाल आयो र नमुनामा बर्ड फ्लु भएको उल्लेख गरिएको थियो ।

यो खबर बाहिर कसरी ल्याउने भन्ने विषयमा प्रधानमन्त्री कार्यालयमा छलफल गरीएको थियो ।

आज स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गरी यो समाचार सार्वजनिक गरिएको हो ।

मृतकको नाम भने खुलाईएको छैन ।

प्रतिक्रिया दिनुहोस्