
१८ बैशाख २०७६, काठमाडौं
नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको छोरी अनिता यादवको बिवाह हुने भएको छ ।
लण्डनमा अध्ययन गरिरहेकी यादवको बिवाह यही बैशाख २३ गते तोकिएको हो ।
उनको विवाह रौतहटका इन्जिनियर रमेश यादवसँग हुन लागेको पारिवारिक स्रोतले जनाएको छ ।
फेसन डिजाइनर समेत रहेकी यादव समाज सेवामा सक्रिय छिन् ।
यादवको विवाह धनुषाको जनकपुरस्थित आफ्नै निवासमा हुन् लागेको हो ।





