अशोक दर्जीलाई निःशुल्क पढाइरहेका दिनानाथ मैनाली



१७ बैशाख २०७६, काठमाडौं

दिनानाथ मैनाली त्यस्ता शिक्षक हुन् जसले विद्यार्थीको रुचि र क्षमता अनुसारको शिक्षा दिनुपर्छ भन्ने मान्यता राख्छन् । उनको मान्यता शिक्षा बाँच्ने कला सिक्ने अस्त्र हो र प्रतिभा अनुसारको शिक्षा दिइयो भने त्यस्तो शिक्षा जीवनपयोगी हुन्छ ।

उनी झापामा जन्मिए र बाल्यकाल पनि  झापामा नै बिताए र कर्मथलो काठमाडौंलाई नै बनाए । हिजोसङघर्सका दिनहरु जस्तै अप्ठ्यारो छैन उनका लागि आजको काठमाडौं ।

२०३२ सालमा पिता बिष्णु प्रसाद मैनाली र माता धनमाया मैनालीको कोखबाट झापाको देवी बस्ती भन्ने ठाउमा शिक्षासेवी दिनानाथ मैनालीको जन्म भएको थियो  ।

एउटा किसान परिवारमा जन्मिएका उनको गाउँकै  स्कूलमा शिशु कक्षाबाट प्रारम्भिक शिक्षा सुरु भएको थियो । त्यहाँ उनले कक्षा ५ सम्म पढेँ भने कक्षा ६ देखि हालको सिबसताक्षी नगरपालिकाको सिर्जना आदशै माविमा पढे भने एसएलसी पनि त्यहीँ स्कुलबाट गरे ।

२०५० सालमा उच्च शिक्षा हासिल गर्नका लागि उनी काठमाडौं आए । काठमाडौंमा उनले धेरै मिहिनेत गरे । किसान परिवारमा जन्मिएका उनलाई उनको परिवारले  काठमाडौंमा अध्ययन गर्नका लागि पैसा पठाउन सक्दैन थियोे । आफैंले पैसा कमाएर पढ्नुपर्ने बाध्यता थियोे । उनी काठमाडौंमा रात्री कलेज पढेर दिउँसो जागिर गर्थे । यसरी सङ्घर्ष गरेर उनले पाटन क्याम्पसबाट आइए गरे रत्नराज्य क्याम्पसबाट बिए गरे भने रत्नराज्यबाटै अङ्ग्रेजीमा एमए गरे ।

करियरको सुरुको समय उनले ललितपुरको लुभु स्थित तारापुन्ज स्कुलमा ११ वर्षसम्म काम गरे । नासा इन्टरनेशनल कलेजमा सात बर्ससम्म प्राध्यापन गरे ।

उनले २०६७ माघबाट आफ्नै स्कुलमा प्रिन्सिपलमा प्रिन्सिपल भए र अहिलेसम्म सोही स्कुलमा कार्यरत छन् ।

झापामा एसएलसी सम्मको अध्ययन गर्दा मैनाली स्कुल जाने समयसम्म पनि काम गरिरहेका हुन्थे । स्कूलबाट फर्कने बित्तिकै उनको काम सुरु भइहाल्थ्यो । काम गरेर पनि थकानका बाबजुद उनी राती सम्म अध्ययन गरिरहेका हुन्थे ।

यसरी सङ्घर्ष गरेका ब्यक्ति जसले स–साना कलिला विद्यार्थीहरुलाई जीवन जिउने कला सिकाईरहेका छन् ।

उनले हरेक मान्छेमा फरक किसिमको क्षमता हुने हुँदा सोही प्रकारको क्षमता बिस्तारमा जोड दिनुपर्ने मान्यता राख्छन् मैनाली । आजको समाजमा विद्यार्थीहरु नेट, ईन्टरनेट जस्ता कुराहरुबाट थुप्रै ज्ञान प्राप्त गरिरहेका र त्यस्तै जिबनपयोगी शिक्षा दिनुपर्ने मान्यता राख्छन् ।

उनी भन्छन् ‘कि गीत गाउने कला भएका मानिसहरुलाई गणितको ज्ञान भन्दा संगीतकै ज्ञान दिनुपर्ने मान्यता उनी राख्छन् । यस्तै एक उदाहरण हुन अशोक दर्जी । युट्युबबाट भाइरल भएका दर्जी उनकै स्कुलमा पढछन् ।अशोक दर्जी जो हिजो स्वतन्त्र हिडिरहेका, आफ्नै तरिकाले जीवन जिइरहेका, कुनै अनुसासनको परिधी भित्र नबाधिएका बालक जसलाई केही सिकाउन र अशोकको बानी ब्यबहारमा परिवर्तन ल्याउन छोटो समयमा सम्भब भएको छ ।अशोक दर्जीको रुचि र क्षमता अनुसारको शिक्षा दिइएको छ। उनलाइ स्कुलमा सङ्गीत सिक्ने ब्यबस्था मिलाइएको छ। दिनानाथ मैनाली जसले असोक दर्जीलाई निसुल्क पढाइरहेका छन् ।

उनी अशोक दर्जी जस्ता थुप्रै बाल प्रतिभाहरु सडकमा भौतारिरहेकोले सबैले त्यस्ता बालबालिकालाई  सहयोग पुरयाउनु पर्ने बताउछन उनी ।

डिजे रुपकले अशोक दर्जिलाइ भेटे पछि उनले टक बुढाथोकीसग भेट गराएका थिए । टङ्क बुढाथोकीका छोरा  बालगायक एआर बुढाथोकी एप्पल इन्टर्नेसनल स्कुलमा पहिलादेखी नै अध्ययन गरिरहेका थिए । यसरी अशोक दर्जीको  प्रबेस एप्पल इन्टरनेसल स्कुलमा भएको थियोे ।

उनी अभिभावकलाई पनि आफ्ना बच्चालाई उनीहरुको रुचि अनुसारको शिक्षा दिनका लागि अनुरोध गर्छन । आजको समाज बदल्ने शिक्षा समय सापेक्ष जिबनपयोगी र ब्यबहारिक बनाउन रुचि अनुसारको शिक्षा दिनुपर्ने उनको राय छ

प्रतिक्रिया दिनुहोस्