वैदेशिक रोजगारीमा जाने कामदारहरुको लागि ३ दिने अभिमुखीकरण तालिम अनिवार्य



१६ बैशाख २०७६, काठमाडौं

वैदेशिक रोजगारीमा जाने कामदारहरुको लागि ३ दिन अनिवार्य अभिमुखीकरण तालिम लिनुपर्ने व्यवस्था गरिएको छ ।

आइतबार बसेको वैदेशिक रोजगारी प्रर्वद्धन बोर्डको बैठकले तालिम अवधि ३ दिन अर्थात १८ घण्टे बनाउने निर्णय गरेको हो ।

सरकारले हाल वैदेशिक रोजगारीमा जाने कामदारहरुलाई २ दिन तालिम दिदैँ आएको छ ।

२ दिनको तालिम प्रभावकारी नभएकोले थप प्रभावकारिताका लागि १८ घण्टे बनाउने निर्णय गरिएको बोर्डले बताएको छ ।

जसका लागि नयाँ पाठ्यक्रम समेत स्वीकृत गरिएको बोर्डका निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिए । नयाँ पाठ्यक्रम कार्यान्वयनमा केही समय लाग्ने बोर्डले जनाएको छ ।

तालिमका लागि हाल १ सय ४३ वटा अभिमुखीकरण तालिम प्रदायक संस्थाहरु सञ्चालन भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्