
१५ बैशाख २०७६, इटहरी
नयाँ वर्षको छेकोमा रिलिज गरिएको चलचित्र ‘ए मेरो हुजर ३’ बाट निर्माता तथा निर्देशक झरना थापाले राम्रै नाफा कमाउने पक्का देखिन्छ । दुई हप्तासम्म आक्रामक व्यापार गरेको यस चलचित्रका जोडी अनमोल केसी र सुहाना थापालाई दर्शकले फेरी पनि सँगै हेर्ने चाहना राखेका छन् ।
यसैविच, नायिका झरना थापाले सामाजिक संजाल फेसबुकमा यही जोडीलाई दोहार्याउने चाहना अनुरुप स्टाट्स पोष्ट गरेकी छिन् । उनले ‘मेरा भागवत र गीता’ भनेर अनमोल र सुहानाको तस्विर शेयर गरेकी छिन् ।
स्रोतका अनुसार, चलचित्रको बारेमा नायक अनमोल केसीसँग कुनै सम्झौता नभएपनि निर्देशक थापाले उनलाई चलचित्रमा लिने लगभग पक्कापक्की भएको बताएकी छिन । सम्भवत नायिका सुहाना थापाको जन्मदिनमा यो चलचित्रको घोषणा हुनेछ ।





