राजविराजमा बिजनेश लिडरसीप ट्रेनिङ्ग सम्पन्न



१५ बैशाख २०७६, काठमाडौं

शनिबार राजविराजनमा बिजनेश लिडरसीप ट्रेनिङ्ग सम्पन्न भएको छ ।

डा. घनश्याम ठाकुर तथा छोटुलाल चौधरीको संयोजकत्वमा सम्पन्न कार्यक्रमले व्यवसायिक जीवनमा कसरी सफलता पाउँने भन्ने विषयलाई मुख्य रुपमा फोकस गरेको थियो ।

मोटिभेशनल स्पिकर/ट्रेनर सन्तोष लामाद्धारा सम्पन्न ट्रेनिङ्गले व्यवसायीहरुको जीवनमा आमूल परिवर्तन आउने विश्वास गरिएको छ ।

राजविराजस्थित जेसिज भवनमा भएको कार्यक्रममा करिब ६ सय जनाको व्यवसायीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा सहभागी व्यवसायीहरुले खुशी हुँदै भने,

“हाम्रो लागि यस खालका कार्यक्रमहरु संचालन हुनु खुशीको कुरा हो । यसबाट आर्जन गरेका सीपहरुलाई हामी हाम्रो व्यवसायमा प्रयोग गर्छौँ ।”

कार्यक्रममा भोजपुरी नायिका लाजिमा सुवेदीलगायत अन्य स्थानीय कलाकारहरुका साथमा भव्य साँस्कृतिक कार्यक्रमसमेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्