‘मिस मंगोल छात्रवृत्ति कोष’ले गोरखाका दुई चेपाङ विद्यार्थीलाई सहयोग गर्दै !



१५ बैशाख २०७६, काठमाडौं

‘मिस मंगोल छात्रवृत्ति कोष’ले गोरखाका दुई चेपाङ समुदायका विद्यार्थीहरुलाई सहयोग गर्ने भएको छ ।

आर्थिक अभावले विद्यालय जानबाट बञ्चित बालबालिकाहरुलाई सहयोग गर्ने उद्देश्यकासाथ स्थापित ‘मिस मंगोल छात्रवृत्ति कोष’ ले गोरखास्थित गण्डकी गाउँपालिकाका दुई विद्यार्थी बबिता चेपाङ र सुष्मा चेपाङलाई सहयोग गर्ने भएको हो ।

त्यहाँका स्थानीय जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, शिक्षक एवं स्थानीयसँगको परामर्शपछि बबिता र सुष्मा छात्रवृत्तिका लागि छनौट भएका मिस मंगोल जाङ्बु ईन शेर्पाले जानकारी दिईन् ।

उनीहरुलाई यसै शैक्षिक सत्रदेखि छात्रवृत्ति प्रदान गर्ने कोषले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्