प्रकाशले अस्ट्रेलियाबाट लिएर आए  “बिश्वास”



१२ बैशाख २०७६, काठमाडौं

अस्ट्रेलिया  बस्ने  नेपाली कलाकारहरुको गीत संगीत प्रतिको मोह गजबको छ । बिदेशको ब्यस्त दैनिकीका बाबजुद पनि नेपाली गीत संगीतको बिकास र बिस्तारमा नेपाली कलाकारहरुले पुर्याएको योगदान ठुलो छ । विगत १०  वर्षदेखि अस्ट्रेलियामा बस्दै आएका गायक प्रकाश कार्कीले नया गीत “बिश्वास“ सार्वजनिक  गरेका छन् । सानै देखि गीत संगीतमा निकै रुचि राख्ने गायक कार्की पेशाले सिभिल इन्जिनियर हुन् ।

केहि दिन अघि उनको नया गीत “बिश्वास” डिजिटल बजारमा सार्वजनिक भएको छ । यस गीतमा स्वर गायक प्रकाश कार्कीको रहेको छ भने शब्द र संगीत स्वतन्त्र सङ्म्यानको रहेको छ  । गीतको एरेञ्जमेण्ट गोपाल रसाइलीले गरेका हुन्  । हाल लिरिकल भर्सनमा उपलब्ध यस गीतको अफिसियल भिडियो ल्याउने तयारी गरिएको छ  ।

प्रतिक्रिया दिनुहोस्