समझदारी भएको लामो समय : टुंगो लागेन नेपाली कामदार जापान लाने



१२ बैशाख २०७६, काठमाडौं

जापानमा रोजगारकोलागि कहिलेबाट कामदार लाने भन्ने कुरा टुंगो लगाउन नसकेको नेपाल सरकारले बताएको छ ।

दुई देशले कामदार आपूर्तिबारे समझदारी पत्रमा हस्ताक्षर गरेपनि जापानले अझै भाषा परीक्षाको मोडालिटी टुंगो लगाएको छैन ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार जापानले भाषा परीक्षा र भर्ति प्रक्रियाका लागि गृहकार्य गरिरहेकाले कामदार लैजाने प्रक्रिया र मिति बारे एकिन भईसकेको छैन ।

जापानले हाल परीक्षणका रुपमा इन्डोनेसिया , फिलिपिन्समा भाषा परीक्षा सञ्चालन गर्दै छ । त्यसपछि मात्र नेपालसहित ७ देशमा कामदार आपूर्तिका लागि भाषा परीक्षा सञ्चालन गर्ने छ ।

जापानले आफ्नो प्रक्रिया र परीक्षा मोडालिटी टुंगो लगाएपछि मात्र कामदार लैजाने भएको छ ।

प्रतिक्रिया दिनुहोस्