सिन्धुपाल्चोकमा पहिलो पटक महिला सिडीओ !



१० बैशाख २०७६, काठमाडौं

सिन्धुपाल्चोकको ४७ औं प्रमुख जिल्ला अधिकारी(सिडीओ)मा पहिलो पटक महिला नियुक्त भएकी छिन् ।

०२२ देखि हालसम्ममा जिल्लामा महिला सिडीओ हुन सकेका थिएनन् । तर, यो साल भने जिल्लाले सिडीओको रुपमा महिला पाएको हो ।

गृह मन्त्रालयले जिल्लाको ४७ औं सीडीओको रुपमा गोमादेवी चेम्जोङलाई पठाएको छ ।

शुक्रबारदेखि उनी जिल्लामा हाजिर भएकी छिन् ।

चेम्जोङ सह–सचिव भएपनि गृहले उनलाई कामु प्रजिअको जिम्मेवारी तोकेको छ ।

उनले जिल्लाको शान्ति सुरक्षालगायतका अन्य मुद्दाहरुमा काम गर्ने  छिन् ।

 

प्रतिक्रिया दिनुहोस्