
०९ बैशाख २०७६, काठमाडौं
२ वर्षअघिको ब्ल्कबस्टर चलचित्र ‘छक्का पन्जा २’ फेरि हलमा रिलिज हुदैँछ । चलचित्र आगामी बैशाख १३ गते रि–रिलिज हुन लागेको हो ।
‘छक्का पन्जा ३’ युटुबमा प्रतिक्षित भइसकेको छ । तर ‘छक्का पञ्जा २’ युटुबमा अझै आइसकेको छैन । यो चलचित्रपछि रिलिज भएका थुप्रै चलचित्र युटुबमा आइसकेका छन् । निर्माता दर्शक हलमा नपुगेपनि युटुबमा भ्यूज हेरेर मख्ख छन् ।
यसपटक यो चलचित्रको व्यापारबाट निर्मातालाई आउने शेयर पत्रकार रवि लामिछानेले कालिकोटमा बनाइरहेका अस्पताललाई हस्तान्तरण गर्ने निर्माता दिपकराज गिरीले बताएका छन् ।
दर्शकले यो चलचित्र युटुबमा नआएको भन्दै निर्माता दीपकराज गिरीप्रति आक्रोश पोख्न थालेको पनि एक वर्ष भन्दा बढी भइसकेको थियो ।
युटुबमा नआएकाले कतिपय दर्शकले ‘छक्का पन्जा २’ हेर्न पाएका थिएनन् ।





