१३ वर्षअघि मृत्यु भइसकेका व्यक्ति कर्मचारी समायोजन सूचीमा !



०४ बैशाख २०७६, काठमाडौं

जिम्मेवार सरकारी मन्त्रालयले नै गभ्मीर त्रुटि गर्ने कुरा हालै सार्वजनिक समायोजन सूचीबाट पत्ता लागेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको कर्मचारी समायोजन सूचीमा १३ बर्षअघि मृत्यु भइसकेका व्यक्ति पनि छन् ।

समायोजन सूचीमा डडेल्धुराका तत्कालीन अहेब टेकहादुर पालको नाम छ । जसको मृत्यु २०६३ माघ २७ गते भइसकेको छ ।

उनलाई वर्तमान सकारले डडेल्धुराको परशुराम नगरपालिकास्थित हेल्थ पोस्टमा समायोजन गरेको छ ।

मन्त्रालयले जारी गरेको कर्मचारी समायोजन अन्तर्गत स्वास्थ्यतर्फको चौथो तहका कर्मचारीको सूचीमा मृत्यु भइसकेका पालको नाम समायोजन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्