बारा–पर्साका हावाहुरी पीडितलाई प्रदेश नं. ३ ले दियो एक करोड !



०४ बैशाख २०७६, काठमाडौं

बारा– पर्साका हावाहुरी प्रभावितको लागी प्रदेश नं.३ सरकारले १ करोड रुपैँयाको चेक  हस्तान्तरण गरेको छ ।

चेक प्रदेश नं.३ का मुख्यमन्त्री डोरमणि पौडेलले सरकारका तर्फबाट बुधबार दिउँसो प्रदेश नं.२ का मुख्यमन्त्री लालबाबु राउत गद्दीलाई हस्तान्तरण गरेका हुन् ।

हावाहुरी प्रभावितका लागि प्रदेश नं.३ सरकारले राहत स्वरुप १ करोड दिने घोषणा यसअघि नै गरेको थियो ।

गत चैत १७ गते बारा– पर्सामा आएको हावाहुरीका कारण २८ जनाको मृत्यु हुनाको साथै करोडौं क्षति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्