
०२ बैशाख २०७६, काठमाडौं
आइतबार राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कला क्षेत्रका चर्चित व्यक्ति केदार घिमिरे अर्थात माग्ने बुढालाई समेत सम्मान गरेका छन् ।
राष्ट्रपति भण्डारीबाट आफू सम्मानित भएपछि माग्ने बुढाले सामाजिक संजाल फेसबुकमा सम्मानित भएको फोटो सहित मन छुने स्टाटस पोष्ट गर्न भ्याएका छन् ।
उनले फेसबुकमा, ‘सधैं यस्तै अलिकति निहुरिन पाउँ । छाती तन्काएर कसैका सामु घमण्ड नगरौं । सानो भइयो भने जता पनि अटाइन्छ, ठूलो हुँदा कतै अटाइँदैन । त्यसेले सधैं सानै हुन पाउँ । हँसाइरहन पाउँ । ‘प्रबल जनसेवा श्री’ बाट विभूषित हुन पाएकोमा नेपाल सरकारलाई धन्यवाद । कर्तब्य पथमा निरन्तर लाग्ने प्रण गर्दछु ।’ भनी लेखेका छन् ।





