श्रम स्वीकृति खुलेपछि कलिङ भिसामार्फत मलेशिया जाने कामदारको संङख्या वृद्धि !



२९ चैत्र २०७५, काठमाडौ

श्रम, रोजगाार तथा सामाजिक सुरक्षा मन्त्रालयले कलिङ भिसामार्फत मलेशिया जाने कामदारहरुको श्रम स्वीकृति खुला गरेपछि स्वीकृति लिने कामदारको संङख्या बढेको छ ।

श्रम स्वीकृति खुला गरेपछि चार दिनमा ६४ जनाले श्रम कार्यलय ताहाचलबाट स्वीकृति लिएका हुन् ।

सरकारले यही चैत्र १७ गते बाट खुला गरेपनि कार्यलयले भने २५ गतेबाट श्रम स्वीकृति दिन थालेको हो ।

सकारले जेष्ठदेखि मलेशिया जाने कामदारलाई श्रम स्वीकृति रोक लगाएपनि कामदार भने जान छोडेका छैन ।

मलेशियाबाट ७ हजार ५ सयले कलिङ भिसा पाइसकेका छन् । भिसा पाएका कामदारहरुलाई नियमित रुपमा स्वीकृति दिईने श्रम स्वीकृति मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्