पिनास के हो ? जान्नुहोस् लक्षणदेखि बच्ने उपायसम्म !



२९ चैत्र २०७५, काठमाडौं

पिनास भनेको साइनसहरुको इन्फ्लामेसन हो ।

साइनस भनेको टाउको र अनुहारका हाडहरुमा हुने हावा भरिएका खाली भागहरु हुन् जो स–साना प्वालहरु ओस्टियम को माध्यमबाट नाकको श्वासमार्गसँग जोडिएका हुन्छन् ।

पिनास हुनुको कारण !

पिनास हुने कारण भनेको साइनसहरुको भित्री मार्गमा केही गरी रोकावट आउनु हावाको राम्रोसँग आवतजावत हुन नपाउनु र साइनसहरु भित्रका फोहोर बाहिर आउन नसक्नु हो। साइनसका मुखहरु बन्द हुनुमा एलर्जी र संक्रमण प्रमुख कारणहरु हुन् ।

कहिलेकाहीँ नाकको भित्री भागमा मासु पलाउने, ट्युमर पलाउँदा पनि पिनास हुनसक्छ । पिनास एलर्जी र भाइरल वा व्याक्टेरियको संक्रमणका कारण हुन्छ ।

लक्षणहरु !

–नाकबाट गन्हाउने बाक्लो सिँगान बगिरहने ।

– नाक बन्द भइरहने ।

–टाउको भारी हुने ।

–अघिल्लो भाग निधारमा दुखिरहने ।

–सुध्ने शक्तिमा कमि आउने ।

–ज्वरो आउने ।

–जीउ दुख्ने ।

–नाकबाट लगातार पानी जस्तो तरल पदार्थ बगिरहने ।

–नाक, आँखा चिलाउने ।

–हाँछ्यु आइरहने ।

यस्ता लक्षण देखिएका चिकित्सकको सल्लाहमा औषधि सेवन गर्नुपर्छ ।

कसरी बच्ने?

–पानी प्रशस्त मात्रामा पिउने ।

–नियमित रुपमा पानी वा नूनपानीले नाक सफा गर्ने बानी गर्नुपर्छ।

–धेरै सुख्खा हावापानीबाट बच्नुपर्छ।

–नाकको भित्री सतहमा हुने रौंहरुलाई खराब असर पुर्‍याउने धुलो(धुँवा प्रदुषण रसायनहरुबाट एलर्जी हुनसक्ने कुराहरुबाट बच्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्