ललितपुरमा उर्जासम्बन्धी १६ दिने प्रदर्शनी हुदैँ !



 

२८ चैत्र २०७५, काठमाडौं

नेपालस्थित जर्मन दूतावास ललितपुरमा ‘उर्जासम्बन्धी १६ दिने प्रदर्शनी’ हुने भएको छ ।

प्रदर्शनी आगामी अप्रिल १२ तारिखमा सुरु भई २६ तारिखसम्म पुल्चोक इन्जिनियरिङ कलेजको सूचना तथा प्रविधि केन्द्रमा सञ्चालन हुन लागेको हो ।

प्रदर्शनीमा जर्मन अर्थतन्त्रको नवीकरणीय उर्जातर्फको स्थानान्तरण यात्राबारे जानकारी दिइने दुतावासले जनाएको छ ।

प्रदर्शनीले विद्यार्थी र अनुसन्धानकर्तामा चासो र वृद्धि गर्न र नयाँ योजनाबारे छलफल गर्न सहयोग पुर्याउने जर्मन दूतवासले अपेक्षा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्