वीर अस्पतालका विरामी चिकित्सकप्रति आक्रोशित !



२७, चैत्र २०७५, काठमाडौं

काठमाडौंस्थित वीर अस्पतालमा उपचारार्थ विरामीहरुले चिकित्सकहरुले आफूलाई सास्ती दिएको भन्दै आपत्ति जनाएका छन् ।

विरामीलाई बोलाउने अनि उपचार नगर्ने भन्दै विरामीहरुले चिकित्सकहरुप्रति आक्रोश पोखेका हुन् ।

चिकित्सकहरुको आन्दोलनका कारण  टाढा–टाढाबाट सरकारी अस्पतालमा सस्तोमा उपचार हुन्छ, भनी आएका विरामी हरु समस्यामा परेका छन् ।

कर्मचारी समायोजनमा असन्तुष्टि जनाउँदै सरकारी चिकित्सकहरुले भने विगत ६ दिनयता आकस्मिकबाहेकका सबै सेवा बहिष्कार गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्