लथालिंग सत्ता–विपक्षीः नेकपामा नेतैपिच्छे गुट, भागबन्डाले कांग्रेस अलपत्र



२७ चैत २०७५, काठमाडौं

सत्तारुढ दल नेकपाको आन्तरिक संरचना र गतिविधि लथालिंग बनेको छ । गत जेठ ३ मा तत्कालीन एमाले र माओवादीबीच एकता भएर नेकपा बनेको थियो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा रामकृष्ण अधिकारीले लेखेका छन् ।

भातृ संगठनलगायत तल्ला तहसम्म एकीकरण टुंगो नलाग्दा पार्टी चलायमान हुन सकेको छैन । तल्लो तहसम्म एकता नटुंग्याउने हो भने पार्टी झन् लगालिंग हुने केन्द्रीय नेताहरु बताउँछन् । पार्टीभित्र नेतैपिच्छेका गुट र आगामी अधिवेशन लक्षित स्वार्थ हाबी भएकाले तल्लो तहसम्म एकता हुन नसकेको हो ।

कांग्रेस आन्तरिक विवादमा रुमल्लिएको छ । पार्टीभित्र संसद्मा सबल प्रतिपक्षीको भूमिका निर्वाह गर्न नसकेको आरोप लागिरहेको बेला नेताहरु कलहमै व्यस्त छन् ।

प्रतिक्रिया दिनुहोस्