नेपाली कांग्रेसमा सिटाैला – सकस



२६ चैत २०७५, काठमाडौं

कांग्रेसमा यतिबेला पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहको व्यवस्थापन एउटा सकसका रूपमा देखा परेको छ । कार्यसम्पादन समितिदेखि पार्टीका विभागहरू गठनमा समेत सिटौला समूहलाई व्यवस्थापन गर्न समस्या परेको हो । केन्द्रीय समिति बैठकसमेत सहज तवरबाट गर्न नसकेको कांग्रेसमा समाधानको खोजी स्वरूप सोमबार बिहान फेरि अनौपचारिक बैठक भए पनि निकास निस्केन ।

गत शुक्रबार सभापति शेरबहादुर देउवाको निवासमा अनौपचारिक बैठक बसेको भए पनि कुनै समाधानबिनै टुंगिएको थियो । उक्त बैठकमा असन्तुष्ट पूर्वमहामन्त्री सिटौला सोमबार बिहानको अनौपचारिक बैठकमा सहभागी नै भएनन् ।

सभापति देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई कार्यसम्पादनदेखि विभागहरूमा ४० प्रतिशत भागबन्डा दिने बताएदेखि नै सिटौला समूह रुष्ट भएको हो । सभापतिले त्यही ४० प्रतिशतमा सिटौलालाई समेत समेट्न वरिष्ठ नेता पौडेललाई भनेका थिए। पौडेलले त्यसलाई अस्वीकार गरे । सिटौलाले आफूलाई अपमानित गर्न खोजेको आरोप लगाए । याे समाचार नवीन झाले अन्नपूर्णमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्