‘प्रधानसेनापतिज्यू वर्षात्अघि नै घर बनाइदिनूस्’



२६ चैत २०७५, बारा

बारा–पर्साका आँधी–हुरी पीडितहरूले आउने वर्षात्अघि नै घर बनाइदिन नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग आग्रह गरेका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा गोकुल घोरसाइनेले लेखेका छन् ।

सोमबार हावाहुरीबाट प्रभावित बारा र पर्साका गाउँहरूको स्थलगत निरीक्षण गरेका प्रधानसेनापति थापासँग उनीहरूले यस्तो आग्रह गरेका हुन् ।

फेटा गाउपालिका ६ पुरैनियाका अमरुद्दिन देवानले बर्षाअघि नै स्थायी घर बनाइदिन प्रधानसेनापति थापालाई अनुरोध गरे । ‘बर्षाअघि घर बन्न नसके पीडितको बिचल्लि हुने बताउँदै उनले भने–सरकारले घर बनाउने जिम्मा दिएपछि समयमै काम पुरा हुने विश्वास पलाएको छ ।’

प्रतिक्रिया दिनुहोस्