जनताको राय सुझाव लिन सांसद गाउँ गाउँमा



२५ चैत २०७५, काठमाडौं

आगामी आर्थिक वर्ष २०७६र७७ को बजेटमा विकास योजना पार्नका लागि नेकपाका सांसद अहिले जनताको राय सुझाव लिन आ–आफ्नो निर्वाचन क्षेत्रमा पुगेका छन् । जनता के चाहन्छन्, बजेटमा के कस्ता विकास योजना समावेश गर्नुपर्छ भनी सुझाव लिनका लागि सांसदहरु आ–आफ्नो क्षेत्रमा पुगेका हुन् । यो समाचार आजको गोरखापत्र दैनिकमा सुरेशकुमार यादवले लेखेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को चैत ११ गते बसेको संसदीय दलको बैठकले पार्टीका सांसदलाई आ–आफ्नो क्षेत्रमा गएर आगामी बजेटमा राख्नुपर्ने योजनाको छनोट गर्न निर्देशन दिएको थियो । साथै सरकारले गरेका कामको जानकारी जनतालाई गराउन पनि पार्टीले निर्देशन दिएको थियो ।

सोही अनुसार अहिले सांसदहरू कोही आफ्नो क्षेत्रमा छन् भने कोही जाने क्रममा छन् । चैत १० गते हिउँदे अधिवेशन सकिएपछि सांसदहरू आफ्ना निर्वाचन क्षेत्रमा गएर जनतासँग राय सुझाव लिँदा अधिकांशले विकास निर्माणसँग सम्बन्धित सुझाव दिएका छन् । सडक, यातायात, नदी नियन्त्रण, बिजुली, खानेपानी, सिँचाइलगायतका मागहरू हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्