गायक स्वरुपराज आचार्यको ‘नदेखेको धेरै भयो’ गीतको भिडियो सार्वजनिक



२२ चैत २०७५, काठमाडौं

चर्चित गायक तथा संगीतकार स्वरुपराज आचार्य र गायिका बिन्दु परियारको स्वर रहेको नयाँ गीत ‘नदेखेको धेरै भयो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

प्रेममा चुर्लम्म डुबेको जोडीले एक अर्कालाई केही समय नदेखे के हुन्छ भन्ने मर्मलाई देखाइएको भिडियोमा महेश खड्का र इस्तु कार्कीको जीवन्त अभिनय रहेको छ ।

किशोर अवस्थामा जानेर वा नजानेर गरिने र प्रेम र त्यसले पाउने गहिराईलाई मुख्य कथा बनाएर निर्माण गरिएको भिडियोमा हरेक प्रेमील जोडीको कथालाई जस्ताको त्यस्तै देखाइएको छ ।

गीतमा चर्चित संगीतकार दीपक शर्माको संगीत रहेको छ भने इश्वर श्रेष्ठको शब्द सिर्जना रहेको छ । नरेन्द्र बियोगीको एरेन्ज रहेको गीतको भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्