गायक लोकेन्द्र जिसीको आवाजमा “कर्णाली पारी” (भिडियो सहित)



२२ चैत २०७५, काठमाडौं

नेपाली मौलिक लोकभाकाहरुको बजारमा आगमन भईरहेको अवस्थामा पश्चिमेली लोक भाका देउडा गीत गायक लोकेन्द्र जिसी र गायिका टिका पुनको आवाजमा “कर्णाली पारी” गीतको भिडियो बजारमा आएको छ ।

जीवनका अभाव र कठिन परिस्थितीलाई गीतमा निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ । आफ्नी मायालुको याद पिडामा पनि आउने कुरालाई गीतमा समावेश गरिएको छ । सुरेश राना सुमनको शब्द तथा मौलिक लय सिर्जनमा गीत तयार पारिएको छ । कर्णाली वरिपरिको जीवन कथालाई गीतमा समावेश गरिएको सुरेशले बताए । गीतमा एरेन्ज कमल सौरागले गरेका छन् ।

मान बहादुर ओलीको छायाँकन, चानस पुन मगरको सम्पादन तथा चन्द्र मन्दिर मगरको निर्देशन भिडियोमा रहेको छ । मौलिक गीत भएका कारण गीतको गाएकी तथा भिडियो निर्माण पक्ष निकै राम्रो रहेको छ । भिडियोमा पवन कुमार योगी, प्रेरणा विक, मदन रेग्मी, सुमित्रा चौधरीको नृत्य देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्