
२२ चैत २०७५, काठमाडौं
नव गायक सबिन सिलवालको आवाजमा निकै मार्मिक आधुनिक गीत “टुक्रेको मुटु” को भिडियो सार्बजनिक भएको छ । सो गीतमा गीतमा चोखो माया गर्नेको भिडमा धोका दिनेको कमी छैन भन्ने कुरा प्रष्ट देखिएको छ ।
गीतमा निकै मार्मिक भावहरु समेटिएको छ । गीतको मर्म अनुसारको सोही अनुरुपको प्रस्तुती समेत गायक सविनले दिएका छन् । गीतमा शब्द सविन सिलवाल र संगीत राजु विरहीको रहेको छ ।
पछिल्लो समयमा निकै रुचाईएका गायक तथा ब्यस्त कलाकार राजु बिरहीको निर्देशन भिडियोमा रहेको छ । भिडियोमा अरुण कुमार सुनारको छायाँकन र प्रेम कुमार थारुको सम्पादन रहेको छ । गीतमा गीता बुढाथोकी, राजु बिरही र सूर्य दवाडीको निकै राम्रो अभिनय देख्न सकिन्छ ।





