गायक रिजन थापा मगर र गायिका देवी घर्ती मगरको “शंख” सार्वजनिक (भिडियो सहित)



२२ चैत २०७५, काठमाडौं

नेपाली मौलिक लोकभाकाहरुको बजारमा आगमन भईरहेको अवस्थामा सामाजिक परिवेशलाई समेटेर तयार पारिएको मौलिक लोक भाकामा आधारित बास्तविक समाजको प्रतिनिधित्व गर्ने “शंख” गीतको भिडियो बजारमा आएको छ ।

गीतमा गायक रिजन थापा मगर र गायिका देवी घर्ती मगरको आवाज रहेको छ । गीत सार्वजनिक भएसँगै सर्वाधिक चर्चाको शिखरमा रहन सफल भएको छ ।

अभाव र पिडामा रुमलिन बाध्य गरिवीको चपेटामा परेका आम नेपालीको बास्तविक भोगाईलाई समेटेर फरक तवरबाट गीत तयार पारिएको गायक रिजनले बताए । गरिव भएकै कारण समाजले हेप्ने तितो यथार्थलाई गीतमा समेटिएको छ । प्रकाश सापकोटाको शब्द तथा रिजन थापा मगरको लय सिर्जना गीतमा रहेको छ । गीतको एरेन्ज यम थापा मगरले गरेका छन् ।

भिडियोमा बाँसु बरालको छायाँकन, श्याम कुवँरको सम्पादन रहेको छ । गीतको भाव अनुसारको अभिनयमा प्रकाश सापकोटा, सिमा ढकाल, सावित्रा गुरुङ, खेम नेपाली घर्ती, पाशा दाई, नवराज शर्मा, विशाल शर्माको साथमा बाल कलाकार क्रिस श्रेष्ठ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्