असारसम्म पाइप लाइनबाट तेल



२१ चैत २०७५, काठमाडौं

नेपालमा पाइप लाइनबाट पेट्रोलियम पदार्थ ल्याउन निर्माण सुरु भएको मोतिहारी (भारत) आलेखगन्ज (नेपाल) पाइप लाइन निर्माणको कार्य तीब्र गतिमा भइरहेको छ ।

तर आगामी बैशाखबाट पाइप लाइन सुचारु गर्ने लक्ष्यसाथ काम भइरहेको भए पनि आगामी असारको मध्यसम्म मात्र त्यसले सार्थकता पाउने सम्भावना छ । त्यसमा पनि भारतमा हुन लागेको लोकसभाको निर्वाचनका कारण केही समस्या आउनसक्ने सम्भावना उत्तिकै छ । यो समाचार आजको गोरखापत्र दैनिकमा केदार भट्टराईले लेखेका छन् ।

नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनको संयुक्त लगानीमा निर्माणाधीन आयोजना अनुसार भारतको मोतिहारीबाट ६९.५ किलोमिटर लम्बाइको ३२.२५ किलोमिटर भारतमा र ३७.५ किलोमिटर पर्दछ तर भारतले नेपाललाई पहिलो चरणमा मोतिहारीबाट नभई पटनाबाट पाइप लाइनमार्फत पेट्रोलियम पदार्थ दिने भएको र पटना–मोतिहारी खण्डमा तीन किलोमिटर पाइप लाइन निर्माणमा अवरोध भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्