३ मिनेटमै महाविनाश



१९ चैत २०७५, बारा

६२ वर्षे महन्थ रामलाई लागेको थियो–आइतबार साँझको हावाहुरी पनि अघिल्ला चैतहरुको झै सामान्य नै होला । साँझ ७ बजे सुरु भएको असिनापानीसहितको हुरी नथामिए पनि त्यसले खासै क्षति पुर्याएको थिएन ।

जब सवा ७ बज्यो, घरको पश्चिमतर्फबाट अचानक ठूलो बबन्डर आयो । सुरुमा पश्चिम, त्यसपछि पूर्व र उत्तरबाट चल्न थालेको भुमरी करिब ३ मिनेटको मात्र थियो । तर त्यही ३ मिनेटमा गाउँमा महाविनाश मच्चियो । बस्ती पूरै उजाडियो । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

‘सामान्यै त होला भनेर हिम्मत गरेर घरबाट निस्किएको थिएँ, ‘बारा चैनपुरका रामले भने, ‘हावाको झोक्का यति तातो अनुभव गरेँ जुन यसअघि कहिल्यै महसुस गरेको थिइनँ । हेर्दा हेर्दै गाउँका ३ सय घरका छाना र भित्ता केही बाँकी रहेनन् । पक्की घरका छाना र पर्खाल पनि खसे ।’ सोही गाउँका ७५ वर्षीय वृद्ध हिरामन महराको मुटु अझै काँपिरहेको छ । जीवनमै यस्तो शक्तिशाली हुरी नभोगेका उनले २ घर गुमाए ।

प्रतिक्रिया दिनुहोस्