अपलोड भएको केहि बेरमै ‘औठी बेरुवाको’ गीत युट्युब ट्रेन्डिङ्गमा (भिडियो सहित)



१७ चैत २०७५, काठमाडौं

लोकप्रिय सर्जक नेत्र अर्यालको शब्द र खेम सेन्चुरीको लय शब्दमा मौलिक लोक दोहोरी गीत बजारमा आएको छ ।

“औठी बेरुवाको” बोल रहेको उक्त गीतमा खेम सेन्चुरी र सम्झना भण्डारीको सुमधुर आवाज रहेको छ । म्युजिक भिडियोमा खेम सेन्चुरी ,बिनोद भण्डारी ,ओबी रायमाझी ,सम्झना भण्डारी लगायतको अभिनय रहेको छ ।

पृथ्वी इन्टरटेनमेन्टले यो गीतको बजार व्यवस्थापन गरेको छ । भिडियोको निर्देशन चर्चित निर्देशक शिव बिकले गरेका छन् । युट्युबमा अपलोड गरेको छोटो समयमानै दर्शकको राम्रो साथ पाएको यो गीतले प्रतिक्रिया पनि सकारात्मक पाएको छ ।

पुरानो भाकामा केहि नयापन दिएर तयार भएको गीतको मौलिकतालाई सबैले मन पराएका छन् भने युट्युवमा पनि प्रतिक्रिया राम्रो बटुलेको छ । लोकदोहोरी गीतले पछिल्लो समयमा युट्युव ट्रेन्डिङ्गमा पनि राम्रो छाप बनाउन सफल छन ।यो गीत पनि अपलोड भएको केहि समयमानै ट्रेन्डिङ्गमा छ ।

प्रतिक्रिया दिनुहोस्